सिन्धु विकास बैंकको साधारण सभामा पर्यो लफडा, लफडाकैबीच पारित भयो सबै प्रस्ताव 

सिन्धु विकास बैंकको साधारण सभामा पर्यो लफडा, लफडाकैबीच पारित भयो सबै प्रस्ताव 


काठमाडौं – सिन्धु विकास बैंकको साधारण सभामा शेयरधनीबीच लफडा परेको छ । विकास बैंकको साधारण सभामा दुई शेयरधनीबिच कुरा नमिल्दा हात हालाहाल समेत भएको हो । 

केही समय झगडा परेपनि साधारण सभामा राखिएका सबै ऐजेन्डा भने पारित भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाकाअनुसार शेयरधनीहरुबीच केही कुरामा भनाभन भएको हो । ‘एक शेयरहोल्डरले भनेको कुरा अर्को शेयरहोल्डरलाई चित्त नबुझेपछि यो के हो भन्ने कुरा भएको हो’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘बैंकको साधारण सभामा कसैले बोलेको कसैलाई मन नपर्नु सामान्य हो ।’  

बैंककाे १४ औँ र १५ औँ साधारण सभाबाट गत दुई आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारश्रमिक अनुमोदन गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

बैंकको साधारण सभाबाट शेयर निष्कासन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमालीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ ।