साताको शेयर: नेप्सेमा ६४ अंककाे गिरावट हुँदा कारोबार रकम २६ अर्बमा खुम्चियो

साताको शेयर: नेप्सेमा ६४ अंककाे गिरावट हुँदा कारोबार रकम २६ अर्बमा खुम्चियो


काठमाडौं – यो साता शेयर बजारले साताभरिनै ओरालो यात्रा तय ग¥यो। पहिलो कारोबारको दिन दोहोरो अंकले घटेर  सुरु भएको बजारमा साताभरिनै गिरावट देखियाे । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २१ दशमलव ६३ अंकको गिरावट देखिएसँगै बजार २७ दशमलव १४ दशमलव ८५ को बिन्दुमा बन्द भएको थियो । त्यसदिन  ६ अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भयो। 

यस्तै, दोस्रो दिनपनि शेयर बजार घट्यो। त्यसदिन नेप्से परिसूचकमा १० दशमलव १४ अंकको गिरावट देखिएसँगै बजार २७ सय ४ दशमलव ७० को बिन्दुमा रोक्किदा ५ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भयो। आइतबार र सोमबार दुवै दिन घटेको बजार मंगलबार पनि ७ दशमलव ६६ अंकले घट्यो।

२६ सय ९७ दशमलव ०४ को बिन्दुमा बन्द  हुँदा ४ अर्ब ३४ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।  यस्तै, बुधबार र बिहीबार क्रमशः नेप्सेमा १४ दशमलव ८८ अंक र  १२ दशलमव ३८ अंकको गिरावट देखियो ।  बुधबार  ५ अर्ब १४ करोड रुपैयाँ र बिहीबार  ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भयो। 

गत साताको अन्तिम कारोबारको दिन बुधवार बजार २,७ सय ३६ दशमलव ४८ बिन्दुमा रोकिएको थियो । यो साताको अन्तिम कारोबारको दिन बिहीबारसम्म आइपुग्दा बजार  २६ सय ६९ दशमलव ७६ को बिन्दुमा रोकियो । समग्रमा यो साता बजारमा ४५ दशमलव ०९ अंककाे गिरावट देखियो ।

समग्रमा यो साता बजारमा २६ अर्ब २७ करोड माथिको कारोबार भएको छ। गत साता नेप्से परिसूचकमा कुल ६४ अंककाे गिरावट देखिँदा ३५ अर्ब ९ करोडभन्दा माथिको कारोबार भएको थियो।