साताको सुन कारोबारः प्रतितोला ९ सय रुपैयाँले बढ्यो मूल्य

साताको सुन कारोबारः प्रतितोला ९ सय रुपैयाँले बढ्यो मूल्य


काठमाडाैं – यो साता नेपाली बजारमा सुनको मूल्य उतार चढावबीच नयाँ रेकर्ड कायम गर्दै अघि बढेको देखिन्छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो । जुन मूल्य अघिल्लो दिन अथार्त् शुक्रबारकाे तुलनामा ४ सय रुपैयाँ कम हाे ।

यस्तै, आइतबार घटेकाे सुनकाे मूल्य साेमबार भने स्थिर रह्याे । मंगलबार प्रतिताेला ११ सय रूपैयाँले बढ्दै सुनकाे मूल्य १ लाख ७५ हजार २ सय रूपैयाँ पुग्याे । जुन मूल्य ऐतिहासिक हाे । मंगलबार बढेकाे सुनकाे मूल्य बुधबार पुनः बढ्दै १ लाख ७६ रूपैयाँ पुग्याे । बिहीबार सुनकाे मूल्य स्थिर रह्यो ।

यस्तै, शुक्रबार सुनकाे मूल्य प्रतिताेला १ हजार रूपैयाँले घट्दै १ लाख ७५ हजार रूपैयाँमा कारोबार भयाे । याे साता मंगलबार र बुधार ऐतिहासिक बिन्दुमा पुगेकाे सुनकाे मूल्यमा समग्रमा ९ सय रूपैयाँकाे वृद्धि देखियाे । गत साता सुनकाे मूल्यमा ४६ सय रुपैयाँको वृद्धि देखिएकाे थियाे ।