सेवा आय ५० अर्बले घाटामा, भ्रमण व्यय १०.६ प्रतिशतले बढ्यो

सेवा आय ५० अर्बले घाटामा, भ्रमण व्यय १०.६ प्रतिशतले बढ्यो


काठमाडौं – चालु आर्थिक वर्षको सात महिनामा खुद सेवा आय ५० अर्ब रुपैयाँ बढीले घाटामा रहेको छ। केन्द्रीय बैंककाे तथ्यांकअनुसार चालु आवमा खुद सेवा आय ५० अर्ब २२ करोड रूपैयाँले घाटामा रहेकाे हाे।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड बराबर पुगेको छ। सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई एक खर्ब १५ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ।

यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ रहेको हो। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब चार अर्ब ७५ करोड रुपैयाँ रहेकामा शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड रुपैयाँ थियो।

सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ रुपैयाँ करोड थियो।