काठमाडौं– स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले शेयरधनीहरुलाई नगद लाभांश तथा बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको १०२ औँ बैठकबाट सो निर्णय गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को वित्तिय विवरणको मुनाफाबाट कम्पनीको हाल चुक्ता पुँजी १४ करोड ६१ लाख ३८ हजार ५ सय ८० रुपैयाँको तपशिल अनुसार बोनस शेयर वितरण गर्ने भएको हो ।
हाल संस्थाको चुक्ता पुँजीबाट बोनस शेयर ५ प्रतिशतले हुन आउने रकम ७३ लाख ६ हजार ९ सय २९ रुपैयाँका साथै, नगद लाभांश (कर प्रयोजनार्थ) ०.२६३२ प्रतिशतले हुन आउने रकम ३ लाख ८४ हजार ५ सय ७५ रुपैयाँका दरले लाभांश वितरण गर्ने भएको छ ।
प्रतिक्रिया