काठमाडाैं – साताको चौथो कारोबारको दिन बुधबार शेयर बजारमा गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा १४ दशमलव ८८ अंकको गिरावट देखिएको हाे । आज शेयर बजार १४ दशलमव ८८ अंकले घटेर २,६८२ को विन्दुमा कायम भएको छ ।
आज ५३ कम्पनीको शेयर मूल्य घटेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३११ कम्पनीको ९५ करोड ८३ लाख ८२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।
यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीले १७ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३९ प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ७ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जीका लगानीकर्ताले ७ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २० प्रतिशतका दरले गुमाएका छन् । आज फाइनान्स समूह र जीवन बीमा समूहको शेयर मूल्य सर्वाधिक घटेको छ । बुधबार फाइनान्सको १.५३ प्रतिशत र जीवन बीमा समूहको १.४८ प्रतिशतले शेयर मूल्य घटेकोछ । साथै, अन्य ७ उपसूचक समेत राताम्य भएका छन् ।



About Us
प्रतिक्रिया