काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा गिरावट देखिएको छ । केन्द्रीय बैंकको चैत १ गते र २ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एकैदिन ३ अर्बले घटेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत १ गते ६७ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट ६७ खर्ब ६२ अर्ब रुपैयाँ संकलन भएको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा ४ अर्बले घटेको छ। चैत १ गते ६० खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले भोलिपल्ट ६० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप सकंलन गरेका छन्।
सो समयमा कर्जा प्रवाहमा भने स्थिर रहेको छ । चैत १ गते र २ गते दुवै दिन बैंकिङ्ग प्रणालीबाट ५४ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । समिक्षा अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा भने १ अर्बको गिरावट देखिएको छ।
अघिल्लो दिन ४८ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ४८ खर्ब ४५ अर्ब रुपैयाँ प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सीडी रेसियो ७९ दशमलव ४४ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया