नेष्डो समृद्ध लघुवित्तको सञ्चालक क्षेत्रीले दिइन्  राजीनामा 


काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक निर्मला क्षेत्रीले राजीनामा दिएकी छिन् । लघुवित्तको कुस्मा पर्वतको सञ्चालकको भूमिका निर्वाह गर्दै आएकी क्षेत्रीले व्यक्तिगत कारण खुलाउँदै सो पदबाट राजीनामा दिएकी हुन् । 

कम्पनीको चैत ५ गते बसेको १०३ औँ बैठकको निर्णय अनुसार क्षेत्रीको राजीनामा स्वीकृत भएको सचिव कमल प्रसाद शर्माले जानकारी दिएका छन् ।