काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीबाट २५ अर्ब निक्षेप खिच्ने भएको छ । बैंकिङ्ग प्रणलीमा तरलता अत्यधिक भएपछि केन्द्रीय बैंकले बजारबाट २५ अर्ब बराबरको निक्षेप बोलकबोल गर्न लागेको हो ।
केन्द्रीय बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ । केन्द्रीय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फत बोलकबोल गर्ने भएको हो । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसको साँवा ब्याज भुक्तानी चैत २७ गते हुनेछ ।
राष्ट्र बैंककाअनुसार निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलकबाेलको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने एसएलआर तथा लिक्विडिटि रेसियोमा भने गणना गर्न पाइनेछ ।
प्रतिक्रिया