गैह्र–बैंक वित्तीय संस्था सुपरिवेक्षण रिपोर्ट : रेकर्ड राख्न चुके, मासिक रिपोर्ट समयमा पेस नगर्ने प्रवृत्ति कायमै

गैह्र–बैंक वित्तीय संस्था सुपरिवेक्षण रिपोर्ट : रेकर्ड राख्न चुके, मासिक रिपोर्ट समयमा पेस नगर्ने प्रवृत्ति कायमै


काठमाडौं – नेपाल राष्ट्र बैंकले गैह्र–बैंक वित्तीय संस्था पर्यवेक्षण प्रतिवेदन (२०२३/२४) सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको गैह्र/बैंक वित्तीय संस्था सुपरवेक्षण विभाग प्रतिवेदन सार्वजनिक गरेको हो ।

केन्द्रीय बैंकले सुपरिवेक्षण रिपोर्टको उद्देश्य विभागका सुपरिवेक्षण जिम्मेवारी र गतिविधिहरूको बारेमा जनतासम्म जानकारी पुर्याउने रहेको बताएको छ । गैह्र बैंक तथा वित्तीय संस्थाहरूले लेनदेन गर्दा सम्बन्धित कानूनी, नियम, उपकानूनी र निर्देशनहरूको पालना गर्दैछन् भन्ने सुनिश्चित गर्नु, संस्थाहरूमा कर्पोरेट गभर्नेन्स, आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापनको समीक्षा र मूल्याङ्कन गर्नु, संस्थाको वित्तीय अवस्था र सञ्चालन प्रक्रियाहरूको समीक्षा र मूल्याङ्कन गर्नु निरीक्षण र सुपरिवेक्षणका उद्देश्य रहेको बैंकको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रीय बैंकको प्रतिवेदनले गैह्र बैंक तथा वित्तीय संस्थाहरूमा कर्पोरेट गभर्नेन्स र जोखिम व्यवस्थापनका समस्याहरू, आन्तरिक नियन्त्रण प्रणालीमा कमजोरी, पर्याप्त आन्तरिक नीति र प्रक्रियाहरूको अभाव, रेकर्ड राख्ने कार्यमा असफल, एजेन्ट र लेनदेन निगरानीमा कमजोरी, उचित क्रेडिट मूल्याङ्कनको अभाव, मासिक रिपोर्टहरू समयमा पेश नगर्ने, गुनासो सम्बाेधनमा कमजाेरी र क्षमता विकास कार्यक्रमहरू अप्रर्याप्त लगायतका समस्याहरू रहेको बताएको छ ।

राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई ऐन, कानून, निर्देशन र परिपत्रहरूको पालना सुनिश्चित गर्न निर्देशन समेत दिएको छ । अब कार्यान्वयन एकाइले निर्देशनहरूको कार्यान्वयनमा अनुगमन गर्ने र कार्यान्वयन स्थिति जाँच गर्न अनुगमन निरीक्षणहरू पनि सञ्चालन गर्ने राष्ट्र बैंकले जनाएको छ ।