२६ सय बिन्दुमा झर्यो शेयर बजार,नेप्सेमा ७ अंकको गिरावट देखिँदा ४ अर्बको कारोबार

‘बैंकिङ्ग समूहमा २ दशमलव ०१ अंकको गिरावट’


काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजारमा गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ दशमलव ६६ अंकको गिरावट देखिएको छ । नेप्से घटेसँगै आज बजार २६ सय ९७ दशमलव ०४ काे बिन्दुमा बन्द भएकाे छ । आज दिनभरिमा ३१३ कम्पनीको ८२ करोड ३७ लाख ९०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ३२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ७ दशलमव ७८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् । आज अन्य उपसमूह बाहेक बाँकीका सबै १२ वटै उसमूह घटेको छ।