हिमालयन लघुवित्त संथाको सञ्चालकमा पुनः आचार्य

हिमालयन लघुवित्त संथाको सञ्चालकमा पुनः आचार्य


काठमाडौं – हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडको सञ्चालकमा सुनिता आचार्य पुनः नियुक्त भएकी छिन् । सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गदै आएकी सञ्चालक सुनिता पुनः सोही पदमा नियुक्त भएकी हुन् ।

चैत ४ गते बसेको २३९ औं बैठको निर्णयअनुसार अर्को साधारण सभासम्मको लागि सुनितालाई सो पदमा नियुक्त गरिएकाे हाे। उनको कार्यकाल चैत ४ गतेसम्म रहेकाे थियाे ।

कम्पनी ऐन २०६३ को दफा ८७ बमोजिम उक्त रिक्त पदमा सुनितालाई नै नियुक्त गरिएको कम्पनी सचिव देवकर कार्कीले जानकारी दिएका छन् ।