काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेसँगै हालसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे । आज छापावाल सुन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत चैत १ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । साे दिन सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँ बढी हो ।
साेमबार सुन १ लाख ७४ हजार १ सय रुपैयाँमामा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया