क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट


काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ बाँडफाँट भएकाे छ । फागुन २२ गतेदेखि २६ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको आईपीओकाे आज बाँडफाँट गरिएकाे हाे ।

मागभन्दा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री खुलाएको थियो । जसमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ताका दरले शेयर पाएका छन्। १० हजार १२६ जनाको आवेदन भने रद्द भएको छ ।

लगानीकर्ताले आईपीओको नतिजा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङको वेबसाइट र कम्पनीको वेबसाइट​बाट पनि नतिजा हेर्न सकिनेछ ।