२ करोड ११ लाख भन्दा बढी हकप्रद शेयर निष्काशनको लागि दुई कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन 

२ करोड ११ लाख भन्दा बढी हकप्रद शेयर निष्काशनको लागि दुई कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नारायणी डेभलपमेन्ट बैंक र अरुण काबेरी पावरले २ करोड ११ लाख ७६ हजार ७७१ कित्ता हकप्रद शेयर निष्कासनको लागि दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

नारायणी डेभलपमेण्ट बैंक र अरुण काबेली पावर लिमिटेडले उक्त हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका हुन्। यी दुबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् ।

कम्पनीले रू.१०० अंकित दरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डमा गत भदौ ९ गते निवेदन दिएको छ। शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड २४ लाख छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाखभन्दा बढी पुग्नेछ । 

त्यसैगरी अरुण काबेली पावर लिमिटेडले पनि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले रू.१०० अंकित दरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।