एकैदिन ६ अर्बले बढ्यो बैंकिङ्ग निक्षेप, कर्जा प्रवाह कति ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा भारी रकमको वृद्धि देखिएको छ । केन्द्रीय बैंकको फागुन २८ र २९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एकैदिन ६ अर्बले बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार फागुन २८ गते ६७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट ६७ खर्ब ६४ अर्ब रुपैयाँ संकलन भएको छ ।

यस्तै सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ५ अर्बको वृद्धि देखिएको छ । २८ गते ६० खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले भोलिपल्ट ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप सकंलन गरेका छन् ।

सो समयमा कर्जा प्रवाहमा भने १ अर्बको गिरावट देखिएको छ । २८ गते ५४ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट घटेर ५४ खर्ब ६२ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

समिक्षा अवधिमा वाणिज्य बैंकहरुले  प्रवाह गर्ने कर्जामा पनि १ अर्बकै गिरावट देखिएको छ । अघिल्लो दिन ४८ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ४८ खर्ब ४९ अर्ब रुपैयाँ प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सीडी रेसियो ७९ दशमलव ४७ प्रतिशत रहेको छ।