नयाँ ब्रोकर लाईसेन्सको लागि हिमालयन ब्रोकरेज लिमिटेडले दियो आवेदन

नयाँ ब्रोकर लाईसेन्सको लागि हिमालयन ब्रोकरेज लिमिटेडले दियो आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाईसेन्सको लागि खोलेको आवेदनमा सोमबार पहिलो आवेदन परेको छ । 

धितोपत्र बोर्डले एक महिनाको समय सिमा रहने गरी नयाँ आवेदन दर्ता गर्न भनेकोमा २३ औ दिन सम्ममा एउटा मात्रै आवेदन परेको हो । 

धितोपत्र बोर्डको अनुसार हिमालयन ब्रोकरेज लिमिटेड नामक ब्रोकर कम्पनीले नयाँ लाईसेन्सको लागि आवेदन दिएको हो । 

त्यस्तै, धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, नयाँ स्टक डिलर, र कमोडिटी एक्सचेन्जको लागि असोज २ गते नै आवेदन मागेकोमा हाल सम्म कुनै पनि कम्पनी आवेदन नपरेको बोर्डले जनाएको छ ।