एभरेष्ट बैंकको ऋणपत्र ५ हजार ६९७ जनाको भागमा, ब्याजदर कति ?

एभरेष्ट बैंकको ऋणपत्र ५ हजार ६९७ जनाको भागमा, ब्याजदर कति ?


काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले गत फागुन १८ देखि २३ गतेसम्म बिक्री खुला गरेको ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०९१’ चैत १ गते बाँडफाँड गरेको हो । जसमा आवेदन दिएकामध्ये हजार ६९७ जनाले पाएका छन् ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका ३० लाख ऋणपत्रमध्ये १८ लाख ऋणपत्र व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो । सर्वसाधारणलाई छुट्ट्याइएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो।

७.५० प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । ब्याज भुक्तानी अर्धवार्षिक रूपले प्रत्येक ६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ।