८ महिनामा सूर्यज्योति लाइफले गर्यो ५४ करोड ८२ लाख दाबी भुक्तानी

८ महिनामा सूर्यज्योति लाइफले गर्यो ५४ करोड ८२ लाख दाबी भुक्तानी



काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५४ करोड ८२ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले तथ्यांक अनुसार चालू आव २०८१।८२ को फागुन महिनासम्ममा बीमितले कुल १ हजार ५५६ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।

कुल दाबी भुक्तानी वापतको रकममध्ये फागुन महिनामा मात्र १२.१६ प्रतिशत रकम बीमितलाई भुक्तानी गरिएको छ। फागुन महिनामा कुल १९८ दाबी वापत ६ करोड ६७ लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।