काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पारेशन कम्पनी लिमिटेडको सञ्चालक पदमा कोमल अग्रवाल पुनः नियुक्त भएकी छिन् ।
कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएकी अग्रवालको कार्यकाल फागुन २५ गतेबाट समाप्त भएको थियो ।
फागुन २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार २३ औँ वार्षिक साधारण सभासम्मको लागी अग्रवाललाई पुनः सो पदमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया