नेपाल लाईफ इन्स्योरेन्सको सञ्चालकमा ३ जना नियुक्त


काठमाडौं – नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा ३ जना नियुक्त भएका छन् । कम्पनीकाे सञ्चालकमा नियुक्त हुनेहरुमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र सर्मिला श्रेष्ठ मर्हजन रहेका छन् ।

कम्पनीको २५ औं वार्षिक साधारण सभाको निर्णयअनुसार स्थगत रहेको शेयरधनीहरुको सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम चैत २ गते विरगन्जमा सम्पन्न भएको थियो ।

साथै, सोही दिन बसेको सञ्चालक समितिको ३९३ औं बैठकमा बीमा ऐन २०७९ बमोजिम उक्त, निर्वाचित ३ सदस्याहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी उक्त पदमा नियुक्त भएका हुन् ।