काठमाडौं – नेपाल राष्ट्र बैंकले बासेल–३ का लागि राय सुझाव माग गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै बासेल–३ का लागि सुझाव माग गरेको हो ।
राष्ट्र बैंकले तरलता मापदण्डमा बासेल–३ फ्रेमवर्कको मस्यौदा पनि तयार गरेको छ । केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्रको वित्तीय र आर्थिक संकटबाट उत्पन्न हुने विभिन्न समस्याहरु कम गराउनु, अर्थतन्त्रमा संक्रमणको जोखिम घटाउनु बासेल ३ को उद्धेश्य रहेको जनाएको छ ।
प्रतिक्रिया