काठमाडौं – नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्त भएसँगै राधा पोखरेल सपथ ग्रहणको लागि अर्थ मन्त्रालय पुगेकी छिन् । चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि महिला सञ्चालकमा नियुक्त भएकी पोखरेल आज शपथ ग्रहणको लागि मन्त्रालय पुगेकी हुन् ।
नवनियुक्त सञ्चालक पोखरेलले बैंकिङ्ग समाचारसँग कुरा गर्दै बीमा क्षेत्रमा आवद्ध भएर काम गर्न आफू उत्साहित रहेको बताइन्। आज मन्त्रालयमा शपथ ग्रहण गर्ने तयारी भइरहेको छ । यससँगै बीमा क्षेत्रमा काम गर्नको लागि म एकदमै उत्साहित छु साथै खुसी पनि छु । ’ उनले भनिन् ।
पोखरेललाई चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको हो । बीमा ऐन २०७९ अन्तर्गत महिला सञ्चालकको व्यवस्था छ । जसको आधारमा उनी नियुक्त भएकी हुन् ।
प्रतिक्रिया