एकै दिन ४ हजारले बढ्याे सुन, अब प्रतिताेला कति ?

एकै दिन ४ हजारले बढ्याे सुन, अब प्रतिताेला कति ?


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा अत्याधिक वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको छ। यसअघि चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँमा कारोबार भएको थियो।