काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया