काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज एक तोला चाँदी एक हजार नौ सय ७० रुपैयाँमा किनबेच हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






About Us
प्रतिक्रिया