काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ्ग कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि मंगलबार एक चेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘डिजिटल बैंकिङ्गका लागि आवश्यक सतर्कता अपनाऔँ’, राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार डिजिटल बैंकिङ्ग कारोबारका लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि अनसेक्योर्ड नेटवर्क प्रयोग गर्दा तपाईंको बैंकिङ्ग विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ ।
‘यस्ता नेटवर्कमा विभिन्न ह्याकर र वित्तीय अपराधीहरुसमेत जोडिएका हुन सक्छन् । जसले तपाइँको महत्वपूर्ण वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन्’, सूचनामा भनिएको छ, ‘तसर्थ, आफ्नो व्यक्तिगत तथा बैंकिङ्ग विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ्ग कारोबार गर्नुपर्दछ ।’
यसका साथै अनलाइन बैंकिङ्ग कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी, कारोबार गर्ने पासवर्ड र पिन कोड समय–समयमा परिवर्तन गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।



About Us
प्रतिक्रिया