विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब रुपैयाँ नाघ्याे, १७.२ महिनाको आयात धान्न सक्ने


काठमाडौं – विदेशी विनिमय सञ्चिति साढे २३ खर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो सात महिना (साउन–माघ) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आधारित तथ्यांकअनुसार हाल विदेशी मुद्रा सञ्चिति २३ खर्ब नाघेकाे छ ।

मुद्रा सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई २०८१ माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको हाे । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।

असारसम्म २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । ७ महिनाको अवधिमा १६.१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंककाे तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति माघ मसान्तमा ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ ।

२०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ माघ मसान्तमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ०५ अर्ब १४ करोड रूपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९ खर्ब २ अर्ब ५५ करोड रहेकोमा २०८१ माघ मसान्तमा ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रूपैयाँ कायम भएको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ ।