७ प्रतिशतले बढ्यो रेमिट्यान्स, बढ्दैछन् वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरू

७ प्रतिशतले बढ्यो रेमिट्यान्स, बढ्दैछन् वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरू


काठमाडौं – नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स ९ खर्ब ५८ करोड पुगेको बताएको हो ।

केन्द्रीय बैंकका अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंककाअनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोसंख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ०४५ रहेको थियो ।