काठमाडौं– साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा भारी अंकको गिरावट देखिएको । आइतबार ४६ दशलमव ३३ अंकले घटेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आजपनि २० दशमलव ६८ अंकको गिरावट देखिएको छ ।
दोहोरो अंकले परिसूचक घटेसँगै बजार २,७५१ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको हो ।आज दिनभरिमा ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७३ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको हो । हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ५३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।
आज बैंकिङ्ग समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९९ प्रतिशतसहित १२ वटै उपसूचक घटेका छन् ।



About Us
प्रतिक्रिया