नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाढौं ।

साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेको छ ।

गत कारोबार दिन मंगलबार १५ अंकले बढेको नेप्से परिसूचक आज ०.३५ प्रतिशतले बढेर १८३७.४६ को बिन्दुमा पुगेको छ ।

आज २२१ कम्पनीका ११ हजार ९२७  कारोबारमा ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँको १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतल बढेर ३५९.४६ को बिन्दुमा पुगेको छ । यस्तै, १३ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको समूहगत सूचक बढेको छ भने ४ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज माइक्रोफाइनान्स समूहको समूहगत परिसूचक सर्वाधिक ०.९६ प्रतिशतले बढको छ । अन्य समूहको ०.२३ र ट्रेडिङ उपसमूह ०.२४ प्रतिशतले घटेको छ ।

आज मन्दाकिनी हाइड्रोपवर लिमिटेडको सेयर ९.२० प्रतिशतले बढेको छ । दोस्रो स्थानमा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको सेयर ८.१९ प्रतिशत बढेर बन्द भएको छ ।

यस्तै, आज ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १, १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।