दसैँमा एससीटीको छुट अफर 

दसैँमा एससीटीको छुट अफर 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

स्मार्ट क्यूआरले दसैँलाई लक्षित गर्दै भाटभटेनी र एनआईसी एशिया बैंकसँग सहकार्यमा गरेर बडा छुट अफर सार्वजनिक गरेको छ ।

अफरअनुसार ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएका छ ।

यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यूआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफरअन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।

भाटभटेनीका कुनै पनि शाखामा आईएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एशिया मोबाइल बैंकिङ, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यू पे तथा  विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।