काठमाडौं – चालु आर्थिक वर्षकाे माघसम्म वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका हुन् । अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १.६२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले माघसम्म ४ अर्ब १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यसैगरी नाफा धेरै कमाउने बैंकहरुमध्ये दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंक रहेको छ । समीक्षा अवधिमा बैंकल ३ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, समिक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३० लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८० लाख रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ३४ करोड ४० लाख रुपैयाँ प्राइम कमर्सियल बैंकले २ अर्ब १८ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् ।
यसैगरी प्रभु बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ४० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड २० लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ३७ करोड १० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८० लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
समीक्षा अवधिमा माछापुच्छ्रे बैंक लिमिटेडले ९६ करोड ८० लाख रूपैयाँ, कृषि विकास बैंकले ९५ करोड ७० लाख रुपैयाँ, सिटिजन्स् बैंकले ९० करोड २० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५० लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८० लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ४६ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन् ।
प्रतिक्रिया