काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदका लागि १० जनाको आवेदन परेकाे छ । पहिलोपटक आवेदन माग गर्दा १ जनाको मात्रै परेपछि सिफारिस समितिले दोस्रोपटक आवेदन मागेको थियो । थपिएको समयसिमा भित्रमा १० जनाको आवेदन परेको हो ।
नेप्सेको सीईओ बन्नका लागि पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल, नारद कुमार लुँइटेल, युवराज दाहालको आवेदन परेको छ । यस्तै, प्रविण अधिकारी, चुडामणी चापागाई, बिमल कुमार तिवारीको समेत आवेदन परेको छ ।
यसबाहेक, कृष्णबहादुर कार्की, हेमन्त बश्याल र मुकुन्दराज जोशीको समेत आवेदन परेको छ । तर, नेप्सेको सीईओ छान्नका लागि सुरुमा नै ‘म्याचफिक्सि’ भइसकेको बताइन थालेको छ । यसअघि, अर्थमन्त्रालयले फागुन १८ गतेसम्मको समयसिमा तोकेर सीईओ पदका लागि आवेदन मागेको थियो ।
तर, तोकिएको समयमा ‘म्याचफिक्सिङ’ भइसकेकाले एक जनाकाे मात्रै आवेदन परेपछि आजसम्मका लागि समय थपिएको थियो । यसअवधिमा १० जनाको आवेदन परेको छ ।



About Us
प्रतिक्रिया