आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

योसँगै आज प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात्  शुक्रबार सुनकाे मूल्य प्रतिताेला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतिताेला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।