सानिमा माई हाइड्रोपावरको नगद लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन 

सानिमा माई हाइड्रोपावरको नगद लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गरेसँगै असोज ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशलमव २६३२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक २ गते साधारण सभा बोलाएको छ । सभा स्मार्ट दरबार ब्याक्वेट संखपार्क धुम्बाराहीमा बिहान ११ बजे शुरु हुनेछ ।