इसेवा मार्फत फोनपे क्यूआर गर्दा १० प्रतिशतसम्म छुट पाइने

इसेवा मार्फत फोनपे क्यूआर गर्दा १० प्रतिशतसम्म छुट पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

इसेवा मार्फत् फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म छुट पाइने भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा मेगा फोनपेका तर्फबाट चिफ बिजनेस अफिसर सुमित दास र इसेवाका तर्फबाट चिफ म्यानेजस आशिष गौतमका बिचमा हस्ताक्षर गरे । यो योजना असोज १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । दशैंमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको दुवै कम्पनीले जनाएको छ ।

यसैबिच फोनपेले नेपालीहरुको महान चाड दशैँलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ,नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे क्यूआर गर्ने,फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख जित्न सकिनेछ ।

यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङ्गको फोन जित्न सकिनेछ । ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ भने मर्चेन्टहरुले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाईल जित्न सकिनेछ ।