‘महिलाहरूलाई काम गर्ने वातावरण दिनुपर्छ’

‘महिलाहरूलाई काम गर्ने वातावरण दिनुपर्छ’


काठमाडौं – गीता बस्नेत चुच्चेपाटीको जन्मे हुर्केकी सामान्य परिवारकी छोरी हुन् । पशुपति मित्र माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गरेर डिल्लिबजारको कन्या क्याम्पसबाट कमर्समा सकांयमा स्नातक उर्तिण गरिन् । सन् २०१० पछि बीमा क्षेत्रमा आउनुअघि उनले स्टक ब्रोकर कम्पनीमा ७ वर्ष अनुभव बटुलिन् ।

हाल सूर्यज्योति लाइफ इन्स्योरेन्समा अण्डरराइटिङ तथा पोलिसी सर्भिसिङ्ग प्रमुखको ?पमा काम गरिरहेकी गीता सानोमा अध्यापन पेशामा जाने इच्छा राख्थिन् । यही इच्छाअनुसार गीताले थोरै समयसम्म अध्यापन पनि गरिन् । तर, यी सबै छाडेर २०१० मा बीमा क्षेत्रमा प्रवेश गरेपछि भने उनको जीवनले अर्कै मोड लिएको छ । त्यसयता बीमामा उनको जीवनको डेढ दशक वितिसक्यो । डेढ दशक बीमामा विताएकी उनी भन्छिन्, ‘जीवनमा जे जस्तो परिस्थिति आए पनि धैर्यता र इमान्दारिता हुनुपर्छ ।’


स्टक ब्रोकर छाडेर बीमामा ‘इन्ट्री’
उनले २०१० बाट सूर्य लाइफ इन्स्योरेन्समा काम गर्न सु?वात गरिन् । ब्रोकर कम्पनीहरू प्राइभेट कम्पनीहरूमा तलब, सेवा सुविधाको हिसाबले कम हुने भएपछि उनले लामो समय ब्रोकर कम्पनीमा बिताएर बीमामा प्रवेश गरेकी हुन् । बीमा क्षेत्रमा काम गर्दै गर्दा उनले अहिले धेरै कुरामा आफूलाई पोख्त बनाइसकेकी छिन् । बीमा क्षेत्रले उनलाई जीवनमा मार्गदर्शन दिएको अनुभूति गर्छिन् । ‘बीमा क्षेत्रमा काम गर्दै गर्दा मैले धेरै कुराहरू सिक्ने वातावरण पाए । धेरै जनाले मलाई हौसला पनि दिनु भयो। यहाँ सम्म आई पुग्नको लागि मलाई परिवारले पनि निकै साथ दिएको छ,’ उनले भनिन् ।

विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिता बढेसँगै महिलाह?ले आफूलाई प्रोफेसनल रहनसहनमा पनि ढाल्दै लगेको उनको बुझाइ छ । बैंकिङ्ग समाचारसँग कुरा गर्दै उनी भन्छिन्, ‘फिल्डमा हिड्ने महिला दिदी बहिनीहरूको लागि असहज छ । सबै कुरा व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रोफेसन जीवन र घरपरिवार व्यवस्थापन गर्नु एउटा एकदमै गाह्रा काम पनि हो ।’

पछिल्लो समय धेरै जना महिला दिदी बहिनीहरूले आफूलाई प्राथमिकतामा राखेर राम्रो काम पनि गरिरहेका छन् । उनको अनुसार बीमा बजारमा पनि अहिले सबै जनाले चासो देखाई रहेको भएर सबैले राम्रो प्रतिक्रिया दिईरहेको बँताउछिन् । केही समय पहिला बैंकमा काम गर्ने भन्ने बित्तिकै राम्रो नजरले हेर्ने अवस्थामा अहिले बीमा कम्पनीहरूमा काम गर्ने महिलाह?लाई राम्रो प्रतिक्रिया दिन थालिएको उनले बताईन् ।


‘जीवनमा अनुभव आवश्यक छ’
उनले १६ वर्ष बीमा क्षेत्रमा काम गरेको भएर उनलाई बीमा क्षेत्रमा नै अगाडि बढ्नु छ । एकैचोटि ठूलो पद खोज्नु सट्टा उनी अनुभव लिएर सक्षम भएर काम गर्नुपर्छ भन्ने सोच राख्छिन् । सूर्यज्योति लाइफ इन्स्योरेन्समा काम गरेर उनले जीवनमा ‘अन्डरराइटिङ्ग फिल्ड’मा धेरै कुरा सिकेकी छिन् । कम्पनीबाट पनि साथ हौसलाको कारण पनि एउटै संस्थामा बसेर काम गरिरहेकी छिन् । ‘बीमा क्षेत्रमा योभन्दा पनि धेरै काम गर्न सिक्न मन छ,’ उनी थप्छिन् । मानिसको जीवनको उन्नतीको लाइन तलमाथि भइरहन्छ ।


‘महिलाह?लाई काम गर्ने वातावरण दिनुपर्छ’
‘महिलाह?ले काम गर्ने, आफूलाई हिम्मत दिने एउटा पाटो छँदै छ । तर, काम गर्ने माहोल राम्रो दिन सक्नु कम्पनीको पनि हातमा हुन्छ,’ उनले भनिन् । कुनै पनि कम्पनीमा काम गर्न आफू सक्षम हुनै पर्छ । तर, त्यसमा घरपरिवार र कम्पनीमा उत्कृष्ट वातावरण भएमा उत्कृष्त काम गर्न सक्ने उनको जिकिर छ । ‘केही काम सानो भन्ने हुदैन्, त्यसको लागि सबै जनाले साथ दिनुपर्छ,’ गीता बताउँछिन्, ‘एउटा महिला भएर घर काम हेर्न असहज हुन्छ । जसको लागि घर परिवार र काम गर्ने ठाउँबाट सहज वातावरण बनाउनु पर्छ ।’

(८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)