नेपाल धितोपत्र बोर्डले दियो नेप्सेलाई तथ्यांक बिक्रीको अनुमति 

नेपाल धितोपत्र बोर्डले दियो नेप्सेलाई तथ्यांक बिक्रीको अनुमति 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्ना तथ्यांक शुल्क लिएर प्रयोगकर्तालाई बिक्री गर्न पाउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले शुल्क तोकिदिएपछि झन्डै दुई वर्षपछि उक्त अनुमति पाएको हो । यसअघि बोर्डले शुल्क नतोकिदिँदा नेप्सेले तथ्यांक बिक्री गर्न पाएको थिएन । 

प्रयोगकर्तालाई शुल्क लिएर तथ्यांक बिक्री गर्नकै लागि करिब २ वर्षअघि नेप्सेले ‘नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७’ आफ्नो सञ्चालक समितिबाट पारित गरेर लाग गर्ने सूचना जारी गरेको थियो । त्यति बेला बोर्डले हस्तक्षेप गरेर नेप्सेलाई स्पष्टीकरण सोध्दै तथ्यांकको शुल्क आफैंले निर्धारण गरिदिने बताएको थियो । त्यसरी रोकिएको उक्त कार्य गत साता बोर्डले शुल्क तोकिदिएपछि नेप्सेलाई तथ्यांक बेच्न बाटो खुलेको हो ।

हाल इन्भेस्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चारमाध्यम, व्यापारिक, शैक्षिक तथा अनुसन्धानात्मक संस्थालगायतले निःशुल्क रूपमा नेप्सेको तथ्यांक प्रयोग गर्दै आएका छन् । एकैपटक धेरै ठाउँबाट ‘सर्च’ गर्दा नेप्सेको वेबसाइटमा पनि पटकपटक समस्या आउने गरेको छ । ती समस्या नियन्त्रणका लागि पनि तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि जारी गरे पनि बोर्डको अवरोधका कारण लागू हुन पाएको थिएन ।