अभियान लघुवित्तको आईपीओ सूचीकृत

अभियान लघुवित्तको आईपीओ सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.१०५ दशमलव ३६ देखि ३१६ दशमलव ०८ तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको स्टक सिम्बोल एभीवाईएएल रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९ लाख ७५ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको १५ लाख २५ हजार कित्ता गरेर कुल २५ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । शेयर सूचीकरणपश्चात दिइने आरटिएस सेवा कुमारी बैंकबाट दिने कम्पनीले जानकारी दिएको छ ।

\"\"