काठमाडौं –एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा बिहीबार काठमाडौं सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु माथि छलफल गरी स्वीकृत गरेको छ ।
साथै, बैंकले प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ । यस्तै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर१०० रूपैयाँका दरले ५ अर्ब रूपैयाँ बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्ताव समेत पारित गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।



About Us
प्रतिक्रिया