अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सरकारले बनायो गभर्नर सिफारिस समिति

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सरकारले बनायो गभर्नर सिफारिस समिति


काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस गठन समिति गठन गरेको हो।

नेपाल राष्ट्र बैंकका हालका गभर्नर महाप्रसाद अधिकारी आगामी चैत २२ देखि राष्ट्र बैंकबाट बिदा हुँदैछन्। नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।

अबको गभर्नरको रेसमा हालका डेपुटी गभर्नरहरुसँगै, राष्ट्र बैंककै हालका र पूर्व कार्यकारी निर्देशकहरु लागिरहेका छन् । त्यस्तै, अर्थविद् बैंकका सीईओ, पूर्वसीईओहरु पनि रेसमा छन् ।