नेप्सेमा २५ अंकको गिरावट आउँदा, काराेबार रकम १० अर्ब ९७ कराेडमा सीमित

‘बैंकिङ्ग समूह १.०४ प्रतिशतले घट्यो’


काठमाडाैं – बुधबार पनि शेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । साेमबार ३० दशमलव ३६ अंकको गिरावट देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २५ दशमलव १६ अंककाे गिरावट देखिएकाे हाे । आज दिनभरिमा ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९७ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ९० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युतको ३० करोड ७९ लाखको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

आज बैंकिङ्ग समूहमा १ दशमलव ०४ प्रतिशत, विकास बैंक समूहमा १ दशमलव ३१ प्रतिशत, फाइनान्स समूहमा १.५५ प्रतिशत, हाेटल एन्ड पर्यटनमा १.०५ प्रतिशत शेयर मूल्य घटेको छ ।