नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ्ग सुविधा


काठमाडौं – नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ्ग सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले मोबाइल बैंकिङ्ग सेवा सम्पूर्ण सुरक्षा जोखिम परीक्षण गरेर सञ्चालनमा ल्याएको जनाएको छ। जसले गर्दा नारायणी स्मार्ट एपको प्रयोग सुरक्षित, सहज र भरपर्दाे रहेको बैंकको भनाइ छ । मोबाइल बैंकिङ्ग सेवाको सुरूवातसँगै बैंकका ग्राहकहरू डिजिटल बैंकिङ्ग सेवाबाट लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।

नारायणी डेभलपमेन्ट बैंकले चितवनको भरतपुर महानगरपालिका बाइपास रोडमा रहेको केन्द्रीय कार्यालय, चितवनको टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखा कार्यालयहरूमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।