कृषि विकास बैंकपछि नेपाल पुनर्बिमा कम्पनीको सञ्चालकमा सेवन्तक पोखरेल


काठमाडौं – अघिल्लो साता मात्रै कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका सेवन्तक पोखरेल नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यमा समेत नियुक्त भएका छन् । अर्थमन्त्रालयको मन्त्रीस्तरीय निणर्यले पोखरेललाई नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यकारुपमा नियुक्त गरेको हो ।

यसअघि पोखरेल यही फागुन १८ गते कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका थिए । लगत्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरेललाई पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यमा मन्त्रालयको प्रतिनिधिकारुपमा नियुक्त गरेका हुन् ।

मन्त्रीस्तरीय निर्णयपछि पोखरेल कम्पनी ऐन २०६३ को दफा १०७ अनुसार फागुन १९ देखि सो पदमा बहाली भएको कम्पनी प्रमुख इश्वर प्रधानले जानकारी दिएका छन् ।