नयाँ स्टक र ब्रोकर लाइसेन्सको बिषयमा अर्थ समितिको चासो, ७ दिन भित्र विवरण पेश गर्न अर्थ मन्त्रालयलाई पत्राचार

नयाँ स्टक र ब्रोकर लाइसेन्सको बिषयमा अर्थ समितिको चासो, ७ दिन भित्र विवरण पेश गर्न अर्थ मन्त्रालयलाई पत्राचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्सको सम्बन्धमा अर्थ समितीले चासो व्यक्त गरेको छ । समितिले आवश्यक विरण सहित अर्थसमितिलाई ७ दिन भित्र विवरण पेश गर्न पत्राचार गरेको छ ।

अर्थ समितीले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स सम्बन्धी नियमावली संशोधनको बिषय अर्थ समितिले छलफल गर्नुपर्ने बिषय भन्दै भदै ३१ गते अर्थ मन्त्रालयलाई चिठी पठाएको थियो । 

नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने बिषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दिर्घकालिन बिषसँग सम्बन्धित रहेको र ब्रोकर लाईसेन्स दिनुअधि मुद्रा बजार र पूँजी बजार सम्बन्धी समितिको प्रतिवेदन, २०७७ को निर्देशन अनुसार कार्यान्वयन भए नभएको बारेमा अनुसन्धान गर्नुपर्ने भन्दै अर्थ समितिले चासो दिएको हो । 

त्यस्तै, नेपाल धितोपत्र बोर्डले भने स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको लागि भने आवदेन माग गरिसकेको छ । असोज २ गते बसेको बोर्ड बैंठकले स्टक एक्सचेन्ज र ब्रोकरको लागि बाटो खुल्ला गरिसकेको हो । तर अर्थसमितिको तत्कालै बैठक बस्ने अवस्था देखिदैन । जसले गर्दा उक्त समितिले विवरणको अभिलेख राखि समितिको बैठक बस्ना साथै तत्काल छलफल गर्ने तयारी गरेको छ । 

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्ने भएपछि स्टक एक्सचेन्जको कर्मचारी संघ र नयाँ ब्रोकर लाइसेन्स रोक्न स्टक ब्रोकर एशोसिएसन अफ नेपालले अर्थ मन्त्रालयलाई निवेदन दिएको थियो । नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको भन्दै भदौ २७ गते बिरोध प्रदर्शन समेत गरेको थियो । त्यस्तै ब्रोकर संघको संगठन स्टक ब्रोकर एशोसिएसनले पनि भदौ २९ गते नयाँ लाइसेन्स रोक्त माग गदै अर्थ समितिमा निवेदन दिएका थिए । जसले गर्दा समितिले यी बिषयमा चासो दिएको हो ।