लगातार ९ दिन बढेको शेयर बजारमा दोस्रो दिन पनि ‘करेक्सन’, नेप्से परिसूचक ३० अंकले घट्दा १२ अर्बको कारोबार

‘बैंकिङ्ग समूहमा १ दशमलव ०५ अंकको गिरावट’


काठमाडाैं – साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार शेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३० दशमलव ३६ अंकको गिरावट देखिएको छ । नेप्समा भारी अंककाे गिरावटसँगै बजार २८ सय ४६ दशमलव ३० काे बिन्दुमा राेकिएकाे छ ।

आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ६६ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावरका लगानीकर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज सबै समूह राताम्य भएका छन् । आज घटेकाे बजारमा बैंकिङ्ग १ दशमलव ०५ प्रतिशत, विकास बैंकमा ०.३९ प्रतिशत, फाइनान्स समूहमा २.१० प्रतिशतकाे, हाेटल एन्ड पर्यटनमा ०.९७ प्रतिशत, हाइड्रो पावर १.०८ प्रतिशत, इन्भेष्टमेन्ट १.७५ प्रतिशत, लाइफ इन्स्याेरेन्स ०.६९ प्रतिशतले घटेका छन् ।