काठमाडौं – आइतबार र सोमबार दुवै दिन स्थिर रहेको सुनको मूल्यमा मंगलबार भारी रकममो वृद्धि देखिएको छ । नेपाली बजारमा मंगलबार सुनको प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य स्थिर रहेको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया