क्यूआर कोड बाट कारोबार गर्नेको संख्या बढ्दा अन्य डिजिटल मार्फत कारोबार गर्नेको संख्यामा कमी 

क्यूआर कोड बाट कारोबार गर्नेको संख्या बढ्दा अन्य डिजिटल मार्फत कारोबार गर्नेको संख्यामा कमी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कोरोनापछि बढेको डिजिटल कारोबारमा जनमानसको चासो बढेको भएपनि पछिल्लो तथ्यांकले भने डिजिटल कारोबारमा केही कमी आएको देखाएको छ ।  चालु आ.वको पहिले महिना (साउन) मा क्यूआर प्रणालीबाट भुक्तानी गर्नुको संख्या बढेपनि अन्य भुक्तानी प्रणाली भने घटेको छ । 

असार मसान्तमा क्यूआर पेमेन्ट, इन्टरनेट बैंकिङ्ग, मोवाइल वालेट लगायतको डिजिटल कारोबारीको संख्यामा कमी आएको हो । 

राष्ट्र बैंकको तथ्यांक अनुसा साउनमा इन्टरनेट बैंकिङ्गबाट हुने भुक्तानी पनि असार महिनाको तुलनामा साउनमा महिनामा १० अर्ब ६९ करोड ४० लाख रुपैंयाले कारोबारमा गिरावट आएको हो । 

त्यस्तै, मोवाइल बैंकिङ्ग मार्फत कारोबार १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख भुक्तानी भएको छ ।

त्यस्तै, मोवाइल वालेटबाट कारोबार पनि घटेको छ । असार मसान्त भन्दा साउन मसान्त सम्ममा २८ करोड ८० लाख रुपैंयाले घटेर १७ अर्ब ४६ करोड ४० लाखमा कारोबार खुम्चिएको हो । 

क्यूआर कोड मार्फत कारोबार गर्नेको संख्यामा भने केही सुधारको रेखा देखा परेको छ । असार मसान्तको भन्दा साउन महिनामा २९ करोड १० लाखले बढी कारोबार भएको छ । साउनमा मसान्तमा मात्रै क्यूआर बाट कारोबार १४ खर्ब ८१ करोड ७० लाख भएकोमा असारमा यसको दर कुल १४ अर्ब ५२ करोड ६० लाख भएको थियो । 

विद्युतिय कारोबारमा जनचेतना तथा पूर्वाधार विकास, विद्युतिय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतिय भुक्तानीप्रतिको आकर्षले पनि कारोबार बढ्दै गएको हो ।