खराब कर्जाको सिमा ५ प्रतिशत नाघ्यो, राष्ट्र बैंकले तोक्यो ८ प्रतिशत

खराब कर्जाको सिमा ५ प्रतिशत नाघ्यो, राष्ट्र बैंकले तोक्यो ८ प्रतिशत


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात (एनपीएल) ५ प्रतिशतभन्दा माथि पुगेको स्वीकारेको छ । राष्ट्र बैंकले मुद्धती निक्षेपमा लगानी गर्ने सम्बन्धी सूचनामार्फत बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको सिमा ५ प्रतिशत नाघेको स्वीकारेको हो ।

केन्द्रीय बैंकले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थामा निक्षेपमा राख्नका लागि ४ अर्ब ७९ लाख रुपैयाँ छुट्याएको छ । यो रकम राख्नका लागि प्रस्ताव गर्ने संस्थाहरुको खराब कर्जा अनुपात ८ प्रतिशतसम्म हुनुपर्ने राष्ट्र बैंकको भनाई छ ।

यसअघि, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपात ५ प्रतिशत भित्र रहेको बताउँदै आइरहेको थियो । तर, धान्नै गाह्रो पर्ने भएसँगै खराब कर्जा ८ प्रतिशतसम्म पुगेका संस्थाले मुद्धती निक्षेपमा रकम राख्न प्रस्ताव गर्न मिल्ने बताएको हो ।

कोरोना महामारी फैलिएसँगै नेपालका बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै छ ।